घरभाडा छुट दिन र व्याजमा सहुलियत प्रदान गर्न नवलपुर होटल व्यवसायी संघको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २५ गते १६:३४
घरभाडा छुट दिन र व्याजमा सहुलियत प्रदान गर्न नवलपुर होटल व्यवसायी संघको माग

कावासोती : नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैंकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्ष संग माग गरेको छ ।संघका अध्यक्ष बालकृष्ण पौडेलले आईतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु धरासयी बनेकाले घरभाडा छुट र व्याजमा सहुलियत दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।


पौडेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,“ लकडाउनका कारण होटल व्यवसायीहरु टाट पल्टने अबस्थामा पुगेका छन् । त्यसकारण लकडाउन अबधीको घरभाडा तिर्न सक्ने अबस्थामा होटल व्यवसायीहरु छैनन् । त्यसैले सम्बन्धित घरधनी महानुभावहरुलाइ यस अबधीको घरभाडा मिनाहा गरिदिनुहुन संघ हार्दिक अनुरोध गर्दछ । साथे यस बारेमा आवश्यक समन्न्वय गरिदिनुहुन स्थानीय प्रशासन , सम्बन्धित स्थानीयतहहरु संग हार्दिक अनुरोध गर्दछौं ।”


नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैंकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्ष संग माग गरेको छ ।
संघका अध्यक्ष बालकृष्ण पौडेलले आईतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु धरासयी बनेकाले घरभाडा छुट र व्याजमा सहुलियत दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।


पौडेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,“लकडाउनका कारण होटल व्यवसायीहरु टाट पल्टने अबस्थामा पुगेका छन् । त्यसकारण लकडाउन अबधीको घरभाडा तिर्न सक्ने अबस्थामा होटल व्यवसायीहरु छैनन् । त्यसैले सम्बन्धित घरधनी महानुभावहरुलाइ यस अबधीको घरभाडा मिनाहा गरिदिनुहुन संघ हार्दिक अनुरोध गर्दछ । साथै यस बारेमा आवश्यक समन्न्वय गरिदिनुहुन स्थानीय प्रशासन ,सम्बन्धित स्थानीयतहहरु संग हार्दिक अनुरोध गर्दछौं ।”


बिज्ञप्तीमा व्यवसाय बन्द भएका कारण होटल व्यवसायीहरुले बैंकको किस्ता तथा व्याज तिर्न सक्ने अबस्था नभएकाल बैंक तथा बित्तिय सस्थाहरुलाइ लकडाउन अबधीको व्याजमा सहुलियत प्रदान गर्न समेत आग्रह गरिएको छ । “ बैंक तथा बित्तिय सस्थाहरुलाइ किस्ता तिर्ने समय थप गरिदिन अनुरोध गर्दछौं साथै सरकारले असार ७ गते सम्म सम्पुर्ण कर बुझाउन ताकेता गरेको छ । यही अबस्थामा सो अबधी भित्र कर तिर्न सक्ने अबस्था नभएकाले कम्तिमा तिन महिना म्याद थप गरिदिन सरकार समक्ष माग गर्दछौं ।”

प्रकाशित : २०७७ जेठ २५ गते १६:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI