स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २५ गते १६:५६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन्। स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए।

यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए।

स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए।

प्रकाशित : २०७७ जेठ २५ गते १६:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI