विश्वभर ७० लाख ८५ हजारमा कोरोना संक्रमण, ३४ लाख ५९ हजार संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ६:५७
विश्वभर ७० लाख ८५ हजारमा कोरोना संक्रमण, ३४ लाख ५९ हजार संक्रमणमुक्त
corona

विश्वभर ७० लाख ८५ हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।वर्ल्डोमिटरले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख ७ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ६ लाख ९१ हजार ९ सय ६२, रुसमा ४ लाख ६७ हजार ६ सय ७३, स्पेनमा २ लाख ८८ हजार ६ सय ३०,  बेलायतमा २ लाख ८६ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ५ हजार २२ सय ७२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सर्वाधिक मृत्यु अमेरिकामा नै भएको छ। त्यहाँ १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ४० हजार ५ सय ४२, ब्राजिलमा ३६ हजार ४ सय ९९, इटालीमा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ।

त्यस्तै, विश्वभर ३४ लाख ५९ हजार ८ सय २९ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ३ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १३ जनाको  मृत्यु भएको छ भने ४ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित : २०७७ जेठ २६ गते ६:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI