संसारकै सानो मुलुक भ्याटिकन सिटी कोरोना संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ९:५०
संसारकै सानो मुलुक भ्याटिकन सिटी कोरोना संक्रमणमुक्त

भ्याटिकन सिटी। संसारको सबैभन्दा सानो मुलुक भ्याटिकन सिटीले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ।

“देशका अन्तिम संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,” भ्याटिकन सिटीका आधिकारिक प्रेस प्रमुखले भने, “अब देशमा एकजना पनि कोभिड-१९ का बिरामी छैनन्।”

बीबीसीका अनुसार भ्याटिकन सिटीमा मे पहिलो सातासम्ममा कोरोना संक्रमित संख्या १२ थियो। ती सबै उपचारपछि घर फर्कि सकेका छन्। कोभिड-१९ को महामारी बाट यो मुलुकमा मृत्यु संख्या शून्य छ।

तर, अझै पनि सावधानी अपनाइरहन पोप फ्रान्सिसले आग्रह गरेका छन्। “कोरोना भाइरसलाई जित्‍न हतारो गर्नु हुँदैन,” उनले भनेका छन्, “सबैले आ-आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षालाई निरन्तर ध्यानमा राख्नु आवश्यक छ।”

प्रकाशित : २०७७ जेठ २६ गते ९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI