नवलपुर अपडेट : कावासोतीमा ३ जना र गैंडाकोटमा २ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते १६:०६
नवलपुर अपडेट : कावासोतीमा ३ जना र गैंडाकोटमा २ जनामा कोरोना संक्रमण पुष्टि

कावासोती ।नवलपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले जनाए अनुसार नवलपुरका एक महिला सहित ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । 

थपिएका कोरोना संक्रमित ५ जना मध्ये गैंडाकोट नगरपालिका वडां नं ७ का ३९ बर्षिय पुरुष र वडां नं ८का ३३ बर्षिय पुरुष, कावासोती नगरपालिका वडा नं १ का ४० र २१ बर्षिय पुरुष र कावासोती नगरपालिका वडा नं ६ कि ६३ बर्षिय महिला रहेको स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।

योसँगै नवलपुरमा संक्रमितको संख्या २२ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ २६ गते १६:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI