प्रहरीले पसल बन्द गर्न खोजेपछि न्युरोड क्षेत्र तनावग्रस्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते ९:४३
प्रहरीले पसल बन्द गर्न खोजेपछि न्युरोड क्षेत्र तनावग्रस्त

लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ ।

मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए। 

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो। तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् । 

प्रकाशित : २०७७ जेठ २७ गते ९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI