क्वारेन्टाइनमा रक्सी पुर्याउने र बेच्नेलाई परिवार सहित क्वारेन्टाइनमा राखियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते १८:१७
क्वारेन्टाइनमा रक्सी पुर्याउने र बेच्नेलाई परिवार सहित क्वारेन्टाइनमा राखियो

कावासोती । कोरोना संक्रमितलाई रक्सी पुर्याउने र बिक्री गर्ने पसले तथा तीनका सबै परिवार लाई क्वारेन्टानइमा राखिएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ को जनकल्याण मावि क्वारेन्टाइनमा बसेका उनको १३ दिनपछि पीसीआर गरिएको थियो । सोमबार रिपोर्ट पोजेटिभ आएपछि उनले साथी मार्फत पटक पटक मदिरा मगाएर पिउने गरेको खुलेको हो ।

क्वारेन्टाइनमा प्रहरीको सुरक्षा नभएकाले वडा कार्यालय र स्वयंसेवकहरुले निगरानी गर्दै आएको वडाअध्यक्ष नारायण पन्तले बताए । संक्रमित देखिएका २१ वर्र्षीया पुरुष अहिले सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा छन् । मदिरा पुर्याउने र बिक्री गर्नेलाई पनि संक्रमण भएको हुन सक्ने भन्दै एक-डेढ सय गाउँलेहरुले क्वारेन्टाइन घेरेपछि उनीहरुलाई ल्याइएको वडाअध्यक्ष पन्तले बताए ।

प्रहरी नभएकाले क्वारेन्टाइनमा बस्नेले आफूखुसी विभिन्न वस्तु मगाएर खाने गरेको एक स्थानीयले बताए । संक्रमितबाट पैसा लिएर रक्सी खरिद गर्न पुगेका उनीसहित ६ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए । संक्रमितले दिएको पैसा पसलेले लिएको र उनी अन्य परिवारको सम्पर्कमा आएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको मर्दनियाले जानकारी दिए ।

स्वयंसेवकहरुले निगरानी गरेकाले बिहान र साँझ असईको नेतृत्वमा क्वारेन्टाइन वरपर गस्ती मात्र गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहन बहादुर खाँणले बताए । हालसम्म जिल्लामा ३४ जना संक्रमित देखा परेको स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिए । क्वारेन्टाइन मा बस्नेको संख्या ११ सय छ ।

प्रकाशित : २०७७ जेठ २७ गते १८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI