थारु पत्रकार संघको आयोजनामा अनलाइन पत्रकारिता तालिम सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते १९:०८
थारु पत्रकार संघको आयोजनामा अनलाइन पत्रकारिता तालिम सुरु

कावासोती । थारु पत्रकार संघ नेपालकाे अायाेजनामा संचालित अनलाइन पत्रकारिता तालिमकाे पहिलाे चरण अाज सम्पन्न भएको छ ।

जारि लकडाउनकाे समयलाई सदुपयोग गर्ने साथै पत्रकारिताकाे महत्त्व बुझाउने उद्देश्यका साथ संचालित तालिम मंगलबार पहिलो चरण सम्पन्न भएकाे हाे । अाईतबार देखि तीन दिन सम्म दैनिक साढे तीन घन्टा संचालित तालिममा गुगल टुलकाे उपयोगिता र महत्व , अाम सञ्चारकाे बारेमा जानकारी , नेपालमा थारु सञ्चारकाे अवस्था , समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा , संकटकाे अवस्थामा फिल्ड रिपोर्टिङ गर्दा ध्यान दिनु पर्ने कुरा लगाएतका विषय बस्तुमा अनुभवि प्रशिक्षकहरुले सहजीकरणकाे भुमिका निभाएका थिए ।

भर्चुअल अनलाइन जुम एप प्रविधिबाट संचालित तालिममा देश तथा विदेशका पत्रकार र पत्रकारितामा रुचि राख्नेकाे सक्रिय सहभागीता रहेकाे छ । उक्त तालिमले अाउदा दिनमा पत्रकारिता गर्दा अझ सहज हुने र तालिमले लकडाउनकाे सदुपयोग हुनुकाे साथै नयाँ अनुभव समेत प्राप्त भएकाे प्रशिक्षार्थीकाे प्रतिक्रिया रहेकाे छ ।

बुधबार देखि दाेस्राे चरणकाे तालिम सुरु हुने थारु पत्रकार संघ केन्द्रीय समितिले जानकारी दिएकाे छ ।

प्रकाशित : २०७७ जेठ २७ गते १९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI