नवलपुर अपडेट : गैंडाकोटमा २ जना र देवचुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २८ गते ७:३३
नवलपुर अपडेट : गैंडाकोटमा २ जना र देवचुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र भरतपुरका प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरमा गरिएको परिक्षणमा गैडाकोट नगरपालिका वडा नम्वर १३ का २३ वर्षिय पुरष र वडा नम्वर १४ का २६ बर्षिय पुरुष गरि २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्याल्य नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनु भयो ।

त्यसै गरी गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार देवचुली नगरपालिकाका ४० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण देखिएका ३ जना क्वारेन्टाइनमा वसेका व्यक्तिहरु रहेको जनाइएको छ । यो सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ २८ गते ७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI