हुप्सेकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३० गते ११:२५
हुप्सेकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर । हुप्सेकोट गाँउपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हुप्सेकोट वडा नम्बर ४ का १८वर्षिय, वडा नं ६ का ३२ वर्षिय, र वडा नं २ का ५८ र ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित सबै भारतबाट आएर जनता आधारभूत बिध्यालय गुहेरी , नमोबुद बोडिङ स्कुल बेलुवा र ज्वाला माध्यमिक विद्यालय झ्यालबासको क्वारेन्टाइनमा बसेका थिए ।

जेठ २८ गते पठाईएको ८४ जनाको स्वाब परिक्षणमा ४ जनाको पोजिटिभ आएको हो । यो संगै संक्रमितको संख्या हुप्सेकोटमा ८ र जिल्लामा ४२ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ ३० गते ११:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI