विश्वभर ७७ लाख ३२ हजारमा कोरोना संक्रमण, ४ लाख २८ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३१ गते ८:००
विश्वभर ७७ लाख ३२ हजारमा कोरोना संक्रमण, ४ लाख २८ हजारको मृत्यु
corona

विश्वभर ७७ लाख ३२ हजार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वर्ल्डोमिटरले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख १६ हजार ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ८ लाख २९ हजार ९ सय २, रुसमा ५ लाख ११ हजार ४ सय २३, भारतमा ३ लाख ९ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख २८ हजार २ सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक १ लाख १६ हजार ८ सय २५ जना छ। त्यस्तै, ब्राजिलमा ४१ हजार ९ सय १, बेलायतमा ४१ हजार ४ सय ८१, इटालीमा ३४ हजार २ सय २३, फ्रान्समा २९ हजार ३ सय ७४, स्पेनमा २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ।

त्यस्तै, विश्वभर ३९ लाख ५६ हजार २ सय ७२ जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा पनि संक्रमितको संख्या ५ हजार नाघेको छ। पछिल्लो विवरण अनुसार नेपालमा ५ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ सय ७७ जना संक्रमणमुक्त भएका छन् र १६ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ ३१ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI