सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३२ गते १२:३५
सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे निधन

हरि शर्मा, परासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माकाे आईतबार दुर्घटनामा मृत्यु भएकाे छ ।

गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिकाे परासीमा राखिएकाे बैठकमा सहभागी हुन गएका उनकाे बर्दघाटमा भएकाे दुर्घटनामा मृत्यु भएकाे हाे ।

दुर्घटना भएकाे गाउँपालिकाकाे गाडी उनी आफै चलाएका थिए ।

अगाडीबाट साईकलमा आउँदै गरेका यात्रुलाई जाेगाउन खाेज्दा गाडी कल्भर्टमा ठाेकिएर सोही गाडीमा उनी च्याँपिएका थिए ।

उनकाे उपचारकाे क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएकाे हाे । ५१ वर्षिया शर्मा  नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित : २०७७ जेठ ३२ गते १२:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI