विश्वभर ७९ लाख ८४ हजारमा कोरोना संक्रमण, ४ लाख ३५ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १ गते ६:४९
विश्वभर ७९ लाख ८४ हजारमा कोरोना संक्रमण, ४ लाख ३५ हजारको मृत्यु
corona

विश्वभर ७९ लाख ८४ हजार ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वर्ल्डोमिटरले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ६२ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै, ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। रुसमा ५ लाख २८ हजार ९ सय ६४, भारतमा ३ लाख ३३ हजार ८, बेलायतमा २ लाख ९५ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ३५ हजार १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक १ लाख १७ हजार ८ सय ५३ छ।

त्यस्तै, ब्राजिलमा ४३ हजार ३ सय ८९, बेलायतमा ४१ हजार ६ सय ९८, इटालीमा ३४ हजार ३ सय ४५, फ्रान्समा २९ हजार ४ सय ७ संक्रमितको मृत्यु भएको छ।

विश्वभर ४१ लाख ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक ८ लाख ६७ हजार ८ सय ४९ जना छन्।

नेपालमा पनि ५ हजार ७ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार बिहान मात्रै तनहुँमा ५ जनामा संक्रमण पुष्टि भएको छ। नेपालका ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ९ सय ७४ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ असार १ गते ६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI