गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २२३ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २ गते ७:२३
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २२३ पुग्यो
corona

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार बिहान जारी सूचना अनुसार सो प्रदेशका ५ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।

सूचना अनुसार, स्याङ्जामा ४ जना, गोरखामा १० जना, नवलपरासी पूर्वमा २ जना, कास्कीमा १ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित पुष्टि भएको हो। नयाँ संक्रमितमध्ये एक जना महिला छन् भने बाँकी पुरुष हुन्।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ। नेपालभर भने ६ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ र १ हजार ४१ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित : २०७७ असार २ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI