परीक्षणको दायरा बढाउन माग गर्दै नवलपुर सहित ७७ जिल्लाबाट सरकारलाई काङग्रेसको ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २ गते १६:११
परीक्षणको दायरा बढाउन माग गर्दै नवलपुर सहित ७७ जिल्लाबाट  सरकारलाई काङग्रेसको ज्ञापनपत्र

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले आज नवलपुर सहित देशका ७७ वटै जिल्ला र सात प्रदेश मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार देशै भरि ज्ञापनपत्र बुझाउँदै काँग्रेसले कोभिड १९ को संक्रमणको सम्भाव्य अवस्थालाई सरकारले संवेदनशील रुपमा नलिएको आरोप पनि लगाएको छ  ।

विज्ञहरू, संसद र राजनीतिक तथा नागरिक स्तरबाट प्राप्त सुझाव र सहयोगलाई ग्रहण गरेर त्यो अनुरुप काम गरेको भए अहिलेको यो अवस्था भन्दा धेरै सहज अवस्था रहन सक्दथ्यो । तर सरकारको अकर्मण्यता, अदुरदर्शिता र असक्षमताको कारणले यस्तो भयावह अवस्था बन्न पुगेको हो भन्ने नेपाली काँग्रेस ठहरले गरेको आज देशै भरिबाट प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै काङ्ग्रेसले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपदबाट जोगाउन परीक्षणको दायरा बढाउन माग गरेको छ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन, स्वास्थ्य समाग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितता को छानविन र पारदर्शीता अपनाउन माग गरेको छ । काँग्रेसले पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निःशुल्क १ करोडको बिमा गर्नुपर्ने माग पनि राखेको छ ।

 पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क विमा गर्न माग गरिएको हो ।  कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गरेको छ ।
 

यसै बिच नेपाली काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलिले नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी टिकाराम वाग्ले मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरे , कोषाध्यक्ष ओम सापकोटा , पार्टीका महासमिति सदस्य, जिल्ला कार्यसमिति सदस्यहरु, भातृ संस्थाका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : २०७७ असार २ गते १६:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI