महामन्त्री कोईरालाले प्रेस युनियनमा आबद्ध नवलपुरका क्रियाशिल पत्रकारहरुको कोरोना बिमा गरिदिने ।

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते १३:१७
महामन्त्री कोईरालाले प्रेस युनियनमा आबद्ध नवलपुरका क्रियाशिल पत्रकारहरुको कोरोना बिमा गरिदिने ।

कावासोती : नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाल प्रेस युनियन नवलपुरमा आबद्ध क्रियाशिल पत्रकारहरुको कोरोना विमा गरिदिने भएका छन् । महामन्त्री कोइरालाले बुधबार कावासोतीमा आयोजित एक कार्यक्रममा प्रेस युनियन नवलपुरमा आबद्ध क्रियाशिल पत्रकारहरुको कोरोना विमा गर्न सहयोग गर्ने घोषणा गर्नुभएको प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र पराजुलीले बताए ।

कोरोना महामारीका बेलामा फिल्डमा खटेर काम गर्ने जिल्लामा रहेका युनियन आबद्ध सबै पत्रकारहरुको विमा गर्नका लागि युनियनले गरेको आग्रहलाइ कोईरालाले सहर्ष स्विकार गर्नुभएको पराजुलीले बताए । “सबै साथीहरुको विमा गर्न आबश्यक थियो , आज महामन्त्री ज्युले हाम्रो आग्रह स्विकार गर्नुभएको छ , हामीले विमा गर्ने प्रक्रिया अघि बढाएका छौं ।” पराजुलीले भने । वीमा गर्नका लागि आबश्यक नाम संकलन गर्ने र अन्य प्रक्रिया सुरु गरिसकिएको युनियनका सचिव तथा प्रबक्ता आशिष रेग्मीले बताए ।

महामारीको समयमा अग्रपंक्तिमा खटिएर पत्रकारिता गरिरहेका पत्रकारहरुको विमा गरिने रेग्मीले बताए । रेग्मिका अनुसार यस अघि नै प्रेस युनियन नवलपुरले महामारीको समयमा रिपोर्टिङका लागी फिल्डमा खट्ने पत्रकारलाई आवस्यक सुरक्षा सामाग्री बितरण गरिसकेको थियो । कावासोतीमा आयोजित कार्यक्रममा महामन्त्री डा कोईरालाले नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने बताए

। उनले भने,“ अहिले महामारीका बेला छ , यो बेलामा हामी सबे सचेत हौं , महाधिवेशन तोकिएकै समयमा हुन्छ । त्यही अनुसार लाग्नु होला । ” कोइरालाले भने । सो अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद , गुरुराज घिमिरे लगायतले बोलेका थिए ।

प्रकाशित : २०७७ असार ३ गते १३:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI