गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ५ गते १६:०४
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
corona

गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १५४ पुगेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

शुक्रबार सङ्कमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

उनीहरूको उमेर समूह १६ देखि ५९ सम्मको रहेको र अन्य पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिनुभयो ।

सङ्क्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण दुई जनाको निधन भएको छ भने चार जना उपचारपछि निको भएका छन् ।

प्रकाशित : २०७७ असार ५ गते १६:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI