बुलिङ्गटारका २ जनामा कोरोना संक्रमण पुष्टि: नवलपुरमा संक्रमितको संख्या २ सय २० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते १६:५०

कावासोती । नवलपुरको बुलिंङटार गाउँपालिकाका २ जनामा कोरोना  संक्रमण पुष्टि  भएको  छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको ३२ स्वाब मध्ये २ जनाको नतिजा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।

यो सँगै नवलपुरमा  कोरोना संक्रमितको संख्या २ सय २० पुगेको छ । यस्तै आजै जिल्लाका १६ कोरोना संक्रमित निको भएर घर फर्किएका छ्न ।

प्रकाशित : २०७७ असार १५ गते १६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI