देवचुली जेसिसले मनायो ‘राष्ट्रिय धान दिवस’

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते १८:५५

एलिना केसी/देवचुली
आज असार १५ राष्ट्रिय धान दिवस नेपालमा पनि परम्परागत रुपमा मनाइएको छ । आजकै दिन देशभर राष्ट्रिय धान दिवस तथा कृषकहरुमा रोपाइँ महोत्सवका रुपमा मनाउदै दहि चिउरा खाने प्रचलन रहेको छ ।

यसै बिच आज देवचुली जेसिसले राष्ट्रिय धान राष्ट्रिय दिवस तथा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिका वडा नं १४ प्रगतिनगर, पोख्रेल चोकमा धान दिवस मनाईएको हो । उक्त कार्यक्रम १००८ महाराज स्वामी नित्यानन्दको प्रमुख आतिथत्यतामा सम्पन्न थियो भने देवचुली जेसीजका अध्यक्ष हरि पोख्रेलको अध्यक्षता रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका १००८ महाराज स्वामी नित्यानन्दले नेपालमा धान रोपाई तत्कालिन राजा विरेन्दले पनि धान दिवस हर्ष उल्लासका साथ मनाउने गरेको र आफु पनि सो कार्यबाट प्रभावित भएको बताउदै धान दिवसमा सरिक हुन पाउँदा खुसी लागेको बताउनु भएको थियोे ।


यस्तै विषेश अतिथीका रुपमा रहनुभएका देवचुली नगरपालिका वडा नं १४ का वडाध्यक्ष हरिभक्त भट्टराईले हरेक मानिस दिवसको दिन मात्र नभई हरेक समय कृषि पेशा तर्फ लाग्नुपर्ने बताउनुभएको थियो ।


उक्त कार्यक्रममा देवचुली जेसिसका अध्यक्ष हरि पोख्रेलले देवचुली जेसीजले हरेक बर्ष धान दिवस मनाउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभएको थियो । धान रोपाईमा देवचुली जेसीजका सम्पुर्ण सदस्य, स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७७ असार १५ गते १८:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI