नेकपाको झगडा सत्ताको लागि : प्रदिप पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते १५:४४

विरेन्द्र पराजुली/कावासोती
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले नेकपाको झगडा सत्ताको झगडा भएकाले को प्रधानमन्त्री बन्ने र को नबन्ने काङ्ग्रेस लाई कुनै चासो नभएको बताएका छन ।

पौडेलले आज पुर्वी नवलपरासीको कावासोतिमा कार्यकर्ता भेटघाटमा सो कुरा बताएका हुन । नेकपा ले नितिगत भ्रष्टाचार गरेर देशलाई खोक्रो बनाएको र विभिन्न कानुनहरु ल्याउने र आफ्ना कार्यकर्ता लाई भर्ती गर्ने बाहेक नेकपा सरकारले अरु केही गर्न नसकेको पौडेलको आरोप थियो । बाहिर नेकपा फुट्छ र काङ्ग्रेस सतामा जान्छ भन्ने व्यापक चर्चा रहेको सुनिन आएको तर काङ्ग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले काङ्ग्रेस प्रतिपक्ष मा रहेर सदनबाटैनै खबरदारी गर्ने पौडेलले बताए ।

नेकपाको अबको निर्वाचनमा जनता सङ्ग जाने कुनै आधार छैन । दुई तिहाईको सरकार घर न घाटको भयो आफ्नै पार्टिको रडाकोमा फसेको र जनताको हितमा केही गर्न नसकेको र यो सरकार सङ्ग जनताको कुनै भरोसा समेत नभएको पौडेलले बताए ।

प्रकाशित : २०७७ असार १८ गते १५:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI