गैँडाकोट नगरपालिकाले दर्तावाला किसानलाई सुपर नेपियर सेट्स नि:शुल्क बितरण गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १५:२७

प्रकाश भण्डारी, गैँडाकोट नवलपुर

गैँडाकोट नगरपालिका पशुसेवा शाखाले आ.व २०६६/७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशु सेवा शाखाबाट बहुवर्षे अकोषे (सुपर नेपियर) घाँसको सेट्स नि:शुल्क वितरण गर्ने भएको छ।

गैँडाकोट नगरक्षेत्र भित्रका दर्तावाला पशुपालक किसानहरूले आफ्नो दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित नगरभित्रका दुई स्थानमा सम्पर्क गरि उक्त ठाउँबाट घाँसको सेट्स नि:शुल्क प्राप्त गर्न सक्नेछन्।

२०७७ असार महिनाको २३ गते वडा नं. १ देखि ९ सम्मका नगरभित्रका दर्तावाला पशुपालक किसानहरूले आफ्नो दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित गैँडाकोट नगरकार्यपालिकाको कार्यालय पशुसेवा शाखा गैँडाकोटमा सम्पर्क गर्नुपर्नेछ।

त्यस्तै असार २४ गते वडा नं. १० देखि २८ गतेसम्म हर्कपुर पशु सेवा केन्द्रको सम्पर्क नम्बर ९८४५०६३४४६ मा सम्पर्क गर्नुभनि गैँडाकोट नगरपालिकाले आज एक सूचना जारी गरेको छ।

प्रकाशित : २०७७ असार २१ गते १५:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI