काङ्ग्रेस कार्यालयमा नेविसंघको नाराबाजी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १७:४७

काठमाडौं। पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पार्टी मुख्यालय सानेपामा नेपाल विद्यार्थी संघले नाराबाजी गरेको छ। आइतबार नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै सानेपा पुगेका नेविसंघका नेताहरूले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका हुन्।

नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालको नेतृत्वको टोलिले नारावाजी गरेको हो। नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिन बाँकी छ। नेविसंघलाई तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन उनीहरूको माग छ।

यसअघि गत बुधबार पनि निविसंघले सानेपामा कालोपट्टि बारेर केन्द्रीय समिति पूर्णता दिन माग गरेका थिए।

प्रकाशित : २०७७ असार २१ गते १७:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI