केन्द्रिय समितिमा देउवाको ब्रिफिङ:ओलीले सत्ता जोगाउनका सहयोग मागे

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १७:५६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले नेकपा भित्र समस्या देखिएको भन्दै सत्ता जोगाउनका लागि सहयोग मागेको बताएका छन् । कांग्रेसका आज जारी केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली र सभापति देउवाको भेटका बारेमा जिज्ञासा राखेपछि देउवाले ओलीलाई भेटेको स्वीकार गर्दै सत्ता जोगाउन प्रधानमन्त्रीले सहयोग मागेको बताए ।

उनले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेको बारेमा पनि बैठकलाई जानकारी दिएका थिए । छलफलमा पनि नेम्वाङले पार्टीभित्र समस्या देखिएकाले सहयोग मागेको जानकारी गराए ।

ओलीको निर्देशनअनुसार नेम्वाङले नेता रिजाललाई सम्पर्क गरेर देउवासँग छलफलको चाँजापाँचो मिलाएको देउवाले केन्द्रीय समितिलाई जानकारी दिए । ओलीले सहयोगको आग्रह गरेपनि आफुले बचन नदिएको देउवाको भनाई थियो । देउवाले सो विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल गरेर मात्र निर्णय दिने ओलीलाई बताएको जानकारी दिए ।

प्रकाशित : २०७७ असार २१ गते १७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI