आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १८:४१
corona

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय नाघेको छ। गत २४ घन्टामा २ सय ९३ नयाँ थपिएसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना पुष्टि भएको छ। 

प्रदेशिक अस्पताल विराटनगरमा पाँचथरका १ जना, ताप्लेजुङका २, मोरङका २ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २७, सिरहाका १, महोत्तरीका १२ जनामा कोरोना पृष्टि भएको छ। नारायणी अस्पताल वीरगञ्जमा पर्साका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकुमा अर्घाखाँचीका १, बैतेडीका ३, कैलालीका १४, कपिलवस्तुका १, काठमाडौंका ५, नुवाकोटका १, रौतहटका २, सल्यानका १, सर्लाहीका ६ जनामा कोराना भेटिएको छ। 

भरतपुर प्रयोशाला चितवनमा मकवानपुरका १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा रौतहटका २७ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ। 

वीर अस्पताल प्रयोगशालमा काठमाडौंका एक जनामा कोरोना पृुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल महारागञ्जमा अर्घाखाँचीका २, बाँकेका १, बर्दियाका १, काठमाडौंका २१, नुवाकोटका १ सर्लाहीका १, भक्तपुरका १, रामेछापका २, सिन्धुपाल्चोकका २, इलामका १, ललितपुरका २, म्याग्दीका १, धादिङका १ जनाका कोरोना देखिएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका १ र तनहुँका १ जनामा कोरोना देखिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ लमजुङका १, गोरखाका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १, कपिलवस्तुका १, नवलपरासीका १, प्युठानका ११, रुपन्देहीका २ जनाका कोरोना देखिएको छ। 

भेरी अस्पताल नेपालगञ्जमा सल्यानका १५, दैलेखका ४, सुर्खेतका १०, स्याङ्जाका १, बर्दियाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पिसिआर ल्याब प्रयोगशाला दैलेखमा दैलेखका ५, सुर्खेतका २ जनामा कोरोना देखिएको छ। यस्तै चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका ४ जनामा कोरोना पुष्टि भएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बाजुराका २० जनामा कोरोना देखिएको छ। डडेल्धुरा अस्पताल डडेल्धुरामा डडेल्धुराका ३ जनामा कोरोना पुष्टि भएको छ। 

सेती प्रदेशिक अस्पताल धनगडीमा अछामका १, बैतडीका १, डडेल्धुराका ६, डोटीका ३, कैलालीका १३, कन्चनपुरका ३२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ असार २१ गते १८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI