रणवीरको एनर्जी लेभल हाई : दीपिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते १७:४९

काठमाडौं । बलिउडका अभिनेता रणवीर सिंहको सोमबार जन्मदिन हो। रणवीर आज आफ्नो ३५ औं जन्मदिन मनाइरहेका छन्। धेरै थोरै फिल्महरूमा अभिनय  गरे पनि, रणवीर बलिउड फिल्म उद्योगमा सबैभन्दा महँगो अभिनेताहरूमा गनिन्छन्। फिल्म ‘ब्यान्ड बाजा बारात’ बाट अभिनय सुरु गरेका रणवीरले धेरै सुपरहिट फिल्महरू दिएका छन्।

 रणवीर सिंह अफ्नो दमदार अभिनयका लागि सधै चर्चामा रहने गरेका छन् ।  रणवीरकी श्रीमति दीपिका पनि मान्छिन् कि रणवीरको एनर्जी लेभल निकै हाइ छ ।   एक कार्यक्रममा दीपिकासँग रणवीरको एनर्जी लेभल बारेमा प्रश्न गरिएको थियो ।  जहां दीपिकाले रणवीरको एनर्जी लेभलको बारेमा जुन राज छ त्यो उनलाई पनि कहिले थाहा नहुने बताइन् ।

अभिनेत्रीले भनिन्, ‘रणवीरको एनर्जीको रहस्य हामीलाई कहिले थाहा हुनेछैन किनभने रणवीर घरमा कहिले त्यसरी रहदैनन् । जस्तो तपाई बाहिर देख्नुहुन्छ । ‘ दीपिकाले भनिन्, ‘ रणवीर एक निकै शान्त र भावनात्मक छन् । उनि बच्चा जस्तै निर्दोष पनि छन् ।  उनको कयौ फरक-फरक पक्ष छ ।’

रणवीर सिंह बलिउडमा आफ्‍नो प्रस्तुति र ऊर्जाका लागि प्रसिद्ध छन् । अभिनेताको सो प्रस्तुतीले उनका फ्यान बीच निकै चर्चा बटुल्ने गरेको छ । दीपिकाले पनि पटक पटक घर बाहिर निस्किएपछि रणवीरले कस्तो स्वरुप गर्छन् त्यो अफुलाई थाहा नभएको बताउदै आएकी छन् । तर रणवीर आफ्नो एनर्जी सधै दर्शकमा भरपर्ने बताउने गरेका छन् ।

प्रकाशित : २०७७ असार २२ गते १७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI