नेपालको नयाँ नक्शामा असहमति जनाउदै भारतको कुटनीतिक नोट

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते १५:०१

नेपालले जारी गरेको नयाँ नक्सा प्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको छ । भारतले पठाएको कूटनीतिक नोट असार १० गते आइपुगेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । तर मन्त्रालयले यसबारे औपचारिक रुपमा यसबारेमा केहि बताएको छैन् ।

यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाइ भारतलाई कूटनीतिक नोट पठाएको थियो । सीमा विवाद समाधानका लागि नेपालले लगातार वार्ताका लागि प्रस्ताव गरे पनि भारतले आलटाल गर्दै आएको छ ।

नेपाली क्षेत्र हुँदै मानसरोबर जोड्ने बाटो भारतले उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको हो । त्यसपछि भारत र नेपालबिचको सम्बन्ध केही चिसो भएका बेला भारतबाट कूटनीतिक नोट आएको हो ।

प्रकाशित : २०७७ असार २५ गते १५:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI