नवलपरासी, लम्जुङमा र कास्कीमा बाढी खतराको सूचीमा, सतर्कताको लागि घण्टी बजाइयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २६ गते ८:३०

नवलपरासीको बर्दघाट क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार देशमा धेरैजसो भूभागमा भारी वर्षा भएको छ। अर्को ६ घण्टा पनि धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले प्रदेश १, २, ५ र गण्डकी प्रदेश भइ बहने नदीहरुमा पानीको बहाव खतराको संकेतसम्म पुग्ने महाशाखाले जनाएको छ ।

यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित पानी पर्ने जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविदहरुले २९ असारसम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित : २०७७ असार २६ गते ८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI