काठेपूल जीर्ण बन्दै गएपछि रैँदीबासीलाई हैरानी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते ८:०८

प्रकाश भण्डारी, गैँडाकोट

स्थानीय युवहरूको पहलमा अस्थाई नयाँ पूल निर्माण गरिँदै

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ४ स्थित रैँदी खोलामा दिनानुदिनको अविरल बर्षासँगै पानीको सतह बढ्दै गएकोले स्थानीय बासीहरूले हैरानी बेहोर्नु परेको छ।

पुरानो काठे पुल एकदमै जिर्ण अबस्थामा रहेको र नयाँ पुल बनाउन स्थानीय तहबाट कुनै पहल नहुँदा रैँदीबासीले बर्खाको समयमा दु:ख भोग्नुपरेको हो।

स्थानीय युवहरूको पहलमा निर्माण गरिएको अस्थाई नयाँ पूल

रैँदी खोलामा पानीको सतह बढेसँगै स्थानीयवासी, रैँदी खोला हुँदै आवतजावत गर्ने पैदल यात्रु र घाँस दाउरा लगायतका अन्य काम गर्नका लागि वारिपारि गर्ने एकमात्रै काठेपूल जीर्ण बन्दै गएकोले र सो पूलबाट आवतजावत गर्न नसक्ने अबस्था भएसँगै स्थानीयले थप सास्ती भोग्नुपरेको हो।

स्थानीय बासीहरुको समस्यामा जनतासँग सबैभन्दा नजिक रहने स्थानीय सरकारले समेत जल्दोबल्दो समस्यामाथी कुनै चासो नदेखाएकोमा रैँदी बासीहरू आक्रोश्रित देखिएका छन्।

हालै मात्र अस्थाई रूपमा सहज आवतजावतको निमित्त तुल्सी गौतम लगायतका स्थानीय युवाहरुको अगुवाईमा स्थानीय स्रोत साधनको प्रयोग गरि नयाँ अस्थाई पुल निर्माण गरेका छन्।

हाल रैँदीखोला आसपासमा करिव ३५ घरपरिवार बस्दै आएका छन्।

प्रकाशित : २०७७ असार २९ गते ८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI