नवलपुरको मध्यविन्दुमा थप २ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३० गते १६:५१
नवलपुरको मध्यविन्दुमा थप २ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिकाको वडा नं ५ का २४ वर्षिय पुरुष र वडा नं ७ का ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित २४ वर्षीय पुरुष गत असार १७ गते साउदी अरब बाट काठमाडौ आएर बस मार्फत नगरपालिकाको विन्देश्वरी आधारभूत विद्यालयको आएर क्वारेन्टाइनमा बसेका हुन भने अर्का ४१ वर्षीय पुरुष गत असार २३ गते कुवेत बाट काठमाडौ आएका र त्यहाँबाट हाईस गाडी मा आएर नवजागरण बहुमुखी क्याम्पसको क्वारेन्टाइन बसेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


यो संगै मध्यविन्दु नगरपालिकामा संक्रमितको संख्या ५० पुगेको छ भने जिल्लामा २ सय ६६ पुगेको छ ।

प्रकाशित : २०७७ असार ३० गते १६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI