नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७,३४४

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १ गते १६:३२
corona
corona

पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ।

बिहीबार थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। 

प्रकाशित : २०७७ साउन १ गते १६:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI