नारायणीमा पानीको बहाव उच्च,खतराको तह पार गर्यो: फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १६:१२
नारायणीमा पानीको बहाव उच्च,खतराको तह पार गर्यो: फोटो फिचर

कावासोती । नारायणी नदिले खतराको चिन्ह् पार गरेको छ ।

दिउसो ४ बजे पानीको सतह नारायणी पुलमा जलसतह ११.९४ मिटर पुगेको छ । जबकी ११ मिटरलाई सतर्कता तह मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केहि दिन भारी बर्षा हुने भएकाले देशभरकै नदि, खोलाको सतह बढने बताईएको छ ।

यस्तै देवघाटमा पनि जलसतह ९.१६ मिटर पुगेको छ । जबकी ७.३ मिटरलाई सतर्कता तह मानिन्छ ।


पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

आजको बाढीले नदि किनारमा बनाईएको जोडि हात्तीको प्रतिमा बगाएको छ ।
तस्बिर : लेखराम सापकोटा

प्रकाशित : २०७७ साउन ५ गते १६:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI