लगातार वर्षा पछिको पहिरोमा परि बुलिङ्गटारमा दुई जना बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते ८:३१
लगातार वर्षा पछिको पहिरोमा परि बुलिङ्गटारमा दुई जना बेपत्ता

कावासोती । चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिदा सोही घरका दुई जना बेपत्ता भएका छन ।
जिल्लाको पहाडी विकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमति लाई बगाएको र घर समेत पुरेको उनका छोरा धनबीर सार्कीले बताए ।


राती करीब तीन बजे तिर घर माथिबाट ठुलो पहिरो आयो र बुबा र आमा बसेको घर नै सुतेकै अबस्थामा पहिरोले लग्यो र बुबा आमा नै बेपत्ता हुनु भयो ,बुबा आमा संगै घरमा रहेका बाख्रा ,कुखुरा,सबै पहिरोले पुरेको धनबीरले बताए । पहिरोले घर पुरेको र बुबा आमाको पहिरोले लगे पछि अब जिउँदो आशा नरहेको धनबीरले बताउनुभयो ।


घटनाको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले पुष्टि गर्दै घटनामा दुई श्रीमान श्रीमति पहिरोले पुरिएर बेपत्ता बनाएको बताए ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटना घटेको जानकारी दिदैं घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएको बताए ।

प्रकाशित : २०७७ साउन ६ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI