आज कहाँ कहाँ वर्षा हुन्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते ७:२१
आज कहाँ कहाँ वर्षा हुन्छ ?

आज पनि देशभर वर्षा हुने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। 

हाल बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा हल्का वर्षा भइरहेको छ।

खासगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ति क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।

बिहीबार तीन दिनको मौसम सम्बन्धि जानकारी दिदै देशका सबै प्रदेशको मौसममा बद्ली आई केहि क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

यस्तो छ तीन दिनको मौसम 

बिहीबार

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  गण्डकी  प्रदेश र  प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ। 

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत  छ।

शुक्रबार

दिउँसो : भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार

दिउँसो :  देशभर कतौ आंशिक र कतै भारी वर्षा हुने सम्भावना छ। 

राति : देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का र केही स्थानमा भारी वर्षा हुनेछ।

प्रकाशित : २०७७ साउन ८ गते ७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI