गैंडाकोट जेसिसद्वारा बाढी पहिरो प्रभावितका लागि नि:शुल्क कपडा घरको स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते १६:०९
गैंडाकोट जेसिसद्वारा बाढी पहिरो प्रभावितका लागि नि:शुल्क कपडा घरको स्थापना

गैंडाकोट । गैंडाकोट जेसिस द्वारा बाढी पहिरो प्रभावितका लागि नि:शुल्क कपडा घरको स्थापना गरेको छ ।

गैंडाकोट नगरपालिकाको वडा नं २ विशाल चोकमा बिहिवार एक कार्यक्रमका बिच कपडा घरको नेपाल रेडक्रस सोसाइटी पुर्वी नवलपरासीका अध्यक्ष मदनभक्त अधिकारीले शुभारम्भ गर्नु भएको हो ।

मानवसेवा जीवन को सर्वोतम कार्य भन्ने मुलनाराका साथ काम गर्दै आईरहेको गैंडाकोट जेसिसले देशमा यति बेला प्राकृतिक विपत्तिको महामारी चलिरहेको अवस्थामा घरबार बिहिन भएकाहरुलाई सहज होस भन्ने उदेश्यका साथ नि:शुल्क कपडा घरको स्थापना गरिएको गैंडाकोट जेसिस वर्ष २०२०का अध्यक्ष सुशील काफ्लेले बताउनु भयो।

आफुहरुले विपत्तिमा प्रभावित रहेकाहरुका लागी छिट्टै खाद्यान्न बैङको पनि सन्चाल गर्ने अध्यक्ष काफ्लेले बताउनु भयो । गैंडाकोट जेसिसले स्थापना गरेको कपडा घरबाट बाढि पहिरो प्रभावित जो कोहीले पनि सेवा लिन सक्ने बताउदै काफ्लेले कपडा घरलाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।

कपडा घरका लागि गैंडाकोट वडा नं २ का वडा सदस्य यदुनाथ सापकोटाले सटर उपलब्ध गराउनु भएको हो ।

गैंडाकोट जेसिस वर्ष २०२० का अध्यक्ष सुशील काफ्लेको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी पुर्वी नवलपरासीका अध्यक्ष मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाल जेसिस वर्ष २०२०का कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा, गैंडाकोट जेसिसका पुर्व अध्यक्षहरु कृष्णहरि सापकोटा , प्रमेश आचार्य , गोविन्द कंडेल , कार्यक्रम संयोजक एवं गैंडाकोट जेसिस वर्ष २०२०का कार्यकारिणी उपाध्यक्ष ईश्वर पौडेल , गैंडाकोट नगरपालिका वडा नं २ का वडा सदस्य यदुनाथ सापकोटा लगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य गैंडाकोट जेसिस वर्ष २०२०का कार्यकारिणी उपाध्यक्ष राजेश पौडेलले राख्नु भएको थियो ।

प्रकाशित : २०७७ साउन ८ गते १६:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI