नगरप्रमुख पौडेल सहित ईलाका प्रहरी कार्यालय गैंडाकोटमा संकलित १२४ वटै स्वावको रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ९ गते २१:०८
नगरप्रमुख पौडेल सहित ईलाका प्रहरी कार्यालय गैंडाकोटमा संकलित १२४ वटै स्वावको रिपोर्ट नेगेटिभ

डोलराज रानाभाट, गैंंडाकोट, ९ साउन । ५ जना प्रहरीमा कोभिड १९ को संक्रमण पुष्टी भएपछि गैंडाकोट नगरक्षेत्र सिल गरेर संकलन गरिएको १२४ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।

गत साउन १ गते कोभिड १९ को संक्रमण ड्युटीमा रहेका प्रहरीमा समेत देखिएपछि नगरक्षेत्र सिल गरेर व्यस्त ठाउँहरुमा व्यवसाय गर्ने व्यसायी, होम क्वारेनटाइनमा रहेका सहित नगरप्रमुख, जनप्रतिनिधि, नेपाल प्रहरीको गरी गत साउन ५ गते १२४ वटा स्वाव संकलन गरिएको थियो । साउन ५ गते संकलित स्वाव परीक्षणका लागि हेटौंडाको रोग किटजन्य अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षणका लागि पठाइएको थियो ।

त्यहाँका टेक्निकल प्रमुख सुमन सुवेदीले विजय एफ.एम.लाई दिएको जानकारी अनुसार दुइ पटक गरी गैंडाकोटबाट स्वाव प्राप्त भएको छ । पहिलो १२४ वटा स्वाव जसको परीक्षण सकिएर रिपोर्ट नेगेटिभ आएको छ भने अर्को वाँकी ९९ वटा स्वावको परीक्षण जारी रहेको उहाँले बताउनुभयो ।

९९ स्वाव मध्ये गत साउन ७ गते संकलन गरिएको नेपाल राष्ट्रिय माविको ४० र उद्योग वाणिज्य संघमा आवद्ध ५९ जनाको स्वावको परीक्षण जारी रहेको हो ।

नगरप्रमुख पौडेलको रिपोर्ट पनि नेगेटिभ

यसैविच इलाका प्रहरी कार्यालय गैडाकोटमा सकलित नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्ष इलाका प्रहरी प्रमुख लगायत सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

४ जना मात्रै कर्मचारी हुँदा समस्या

हेडौँटामा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा अहिले ४ जना मात्रै कर्मचारीले स्वाव परीक्षणको काम गरिरहनु परेको छ । गण्डकी प्रदेश देखि वाग्मती र प्रदेश २ बाट समेत स्वाव आउने र ती सवैको परीक्षण गरी नतिजा दिन कर्मचारी अभावले ढिलार्इँ हुने गरेको हो । तर कर्मचारीहरुले सकेसम्म चाँडै काम सकेर रिपोर्ट दिने प्रयास भइरहेको छ । पर्याप्त कर्मचारी नहुँदा भनेको समयमा रिपोर्ट दिन कठिन भएको हो ।

लक्ष्मी माविमा सकलित स्वावको परीक्षण आइतवार

यसैविच गत साउन ६ गते लक्ष्मी मावि अमरापुरीमा संकलन गरिएको ५४ वटा स्वावको परीक्षण आइतवार हुने भएको छ । ५४ वटै स्वाव परीक्षणका लागि भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको थियो । यसैविच कावासोतीबाट गएको १११ वटा नमुना स्वावमध्ये १०५ वटा नेगेटिभ आएको छ । यो हेटौँडामा परीक्षण गरिएको थियो ।

प्रकाशित : २०७७ साउन ९ गते २१:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI