नवलपुरमा थप ४७जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ११ गते १५:१९
नवलपुरमा थप ४७जना कोरोना संक्रमण मुक्त

कावासोती । नवलपुरमा थप ४७ जना कोरोना मुक्त भएका छन् । देवचुली १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा गत शुक्रबार संकलित नमुनाबाट ४७ जनाको नतिजा आईतबार नेगेटिभ आएको अस्पतालका निर्देशक बिनोद पौडेलले जानकारी दिए ।

आजै साँझ सम्म बाँकी १८ जनाको रिपोर्ट आउँन बाँकी रहेको र ती मध्येबाट पनि केहिको रिपोर्ट पोजेटिभ आउने सम्भावना रहेको अस्पतालका व्यवस्थापक हरी सापकोटाले जानकारी दिनु भयो । सापकोटाका अनुसार  जिल्लामा पछिल्लो समय नयाँ कोरोना संक्रमित कम भएको र निको हुनेको संख्या बढी भएको छ ।
 

नवलपुरमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ रहेको छ । यस्तै निको हुनेको संख्या २६८ पुगेको छ भने  बाँकी कोरोना संक्रमित ४१ रहेका छन् ।

प्रकाशित : २०७७ साउन ११ गते १५:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI