नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १२ गते १६:२७
नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण

१२ साउन, काठमाडौं । सोमबार नेपालमा १सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

प्रकाशित : २०७७ साउन १२ गते १६:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI