बजार पर्खिदै बन्दीपुरको भुईकटहर

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते २०:४३
बजार पर्खिदै बन्दीपुरको भुईकटहर

राजु चापागाई/देवचुली
देवचुली नगरपालिका वडा न ५ को बन्दिपुर गाउँमा भुुईकटहरले यति बेला बजार पर्खिरहेको छ । गाउँ यति बेला भुईकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुईकटहरको उत्पादन भएको छ । तर उत्पादनमा वृद्धि भए सगैै बजारसम्म पुर्‍याउन गाह्रो हुँदा स्थानीय किसानहरु भने चिन्तित छन ।

उत्पादन बढे पनि बाटोले गर्दा बजार पुर्‍याउन गाह्रो भएको वडा सदस्य पदम गाहाले बताए ।
निरन्तर भईरहेको वर्षाको पानीले बाटो अवरुद्ध भए पछि भुईकटहरलाई बजार पुर्‍याउन गाह्रो भएको र टाउकामा भारी बोकेर हिड्दा पनि कतै रुख ढलेर कुचिन्छ कि भन्ने डर भएको गाहाले बताए ।

प्रतिगोटा ४०/५० रुपैयामा गाउँबाटै बिक्री हुने भुईकटहरलाई बजारसम्म ल्याउनका लागी बाटो अवरुद्ध भएपछी कतिपयले डोकोमा बोकेर कदमपुरसम्म ल्याउने गरेका छन ।

कदमपुरबाट अटोरिक्साको सहायताले बजार क्षेत्रमा भुईकटहर पुर्‍याउँदा खर्चिलो हुने र आम्दानी पनि कम हुने गरेको बन्दिपुरका खेम अच्छामीले बताए ।

केउरानी हुँदै बन्दीपुर पुग्ने बाटोको ठाउँ ठाउँमा पहिरो गएकोले सो पहिरोलाई सफा गर्न र बन्दीपुरमा उत्पादित भुईकटहरलाई बजारसम्म पुर्‍याउनका लागी पहल भैरहेको देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिव सापकोटाले बताए ।

सापकोटाकाअनुसार पहाडी गाउँ बन्दीपुरका बासिन्दाहरुलाई हरेक वर्षाको समयमा बाटोको कारणले जनजीवन प्रभावित हुने गरेको र सो ठाउँमा उत्पादित कृषिजन्य सामाग्री ढुवानीमा समस्या हुने गरेको छ ।

प्रकाशित : २०७७ साउन १५ गते २०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI