ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखानामा ‘आवत-जावत’ निषेध

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १८ गते ९:४६
ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखानामा ‘आवत-जावत’ निषेध
सांकेतिक तस्बिर

दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पूरै सिल गरिएको छ। 

त्यहाँ कार्यरत ३ सय ट्राफिक प्रहरीहरुलाई कार्यालयमै क्वारेन्टाइनमा राखिएको छ। 

सेवाग्रहीलाई अहिले प्रवेश निषेध गरिएको छ। 

‘अहिले बग्गीखानालाई पूरै सिल गरिएको होइन, सुरक्षाका लागि प्रहरीलाई बग्गीखानाभित्रै बस्न भनिएको हो’ ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतमले भने ‘कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको छ।’ 

उपत्यकाभरि १ हजार ४ सय ६८ ट्राफिक प्रहरी कार्यरत छन्। 

प्रकाशित : २०७७ साउन १८ गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI