खोक्दा पनि रातो कार्ड

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते ९:३८
खोक्दा पनि रातो कार्ड
फाईल तस्बिर

एजेन्सी : अब फुटबल मैदानमा बारम्बार खोक्नु पनि खेलाडीका लागि घातक सिद्ध हुन सक्छ। बारम्बार खोक्ने खेलाडीलाई रेफ्रीले कुनै पनि समय रातो कार्ड देखाएर मैदानबाट बाहिर निकाल्न सक्नेछन्। फुटबलको नियम बनाउने निकाय र फुटबल संघ (एफए)ले छिट्टै यस्तो नियम लागू गर्ने भएका छन्।

कुनै पनि खेलाडीले बारम्बार अन्य खेलाडी, खेल सञ्चालन गर्ने पदाधिकारी वा रेफ्रीका अगाडि गएर खोकेमा रातो कार्डको सजाय पाउन सक्छन्। दी इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)का अनुसार कुनै खेलाडी, खेल सञ्लान गर्ने पदाधिकारी वा रेफ्रीका अगाडि बारम्बार खोक्नुलाई पनि अब दुर्व्यवहारको एउटा रूप मानिनेछ।

खेलाडीले कस्तो स्थितिमा खोकेको हो भन्ने विषयको निर्णय लिने अधिकार भने रेफ्रीलाई दिइएको छ। कुनै खेलाडीले सामान्य अवस्थामा खोकेको छ र अरूलाई दुर्व्यवहार गर्ने कुनै उद्देश्य छैन भने यस्तो नियम आकर्षित हुनेछैन। हाल सिंगो विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला फुटबलको नियममा समेत यस्तो परिवर्तन गर्न लागिएको हो।

‘कुनै पनि खेलाडीलाई प्राकृतिक रूपमै खोकी लाग्नु स्वाभाविक प्रक्रिया हो। यस्तो अवस्थामा रातो कार्डको नियम लागू हुनेछैन’, आईएफएबीले भनेको छ, ‘तर, कसैलाई सताउने, दुःख दिने वा दुर्व्यवहार गर्ने उद्देश्यले यस्तो कार्य भएमा पक्कै पनि सजायको भागिदार बन्नैपर्छ।’

यसैगरी कुनै खेलाडीले खोक्दा भौतिक दूरी कायम गरेमा त्यस्तो खेलाडीले रातो कार्डको भागिदार बन्नुपर्ने छैन। एफएले यससम्बन्धी छुट्टै नीति बनाएर ग्रासरुट फुटबलमा समेत तत्कालै लागू गर्ने भएको छ।

प्रकाशित : २०७७ साउन २१ गते ९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI