स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते १३:१६
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेबी गाउँपालिका ४ ठाकुरापुरस्थित नेपाल भारत सीमानाबाट सो रकमसहित सोही गाउँपालिका१ बरोहिया बस्ने ३८ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले शंका लागि जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदसहित फेला परी उनलाई पक्राउ गरेको हो । 

प्रकाशित : २०७७ साउन २१ गते १३:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI