बेलाशपुरमा निशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २२ गते २०:५६

रन्जीत शर्मा/पाल्हिनन्दन/श्रावण २१

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि मैत्री समाज नेपाल लगायत विभिन्न संस्थाको पहलमा आज बेलशपुर चोकमा तपाईको मास्क खै ? नामक अभियान अन्तर्गत निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न संस्थाले आफ्नो आन्तरिक सहयोगबाट आज करिब ३०० मास्क निशुल्क वितरण गरेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहनका लागि संदेश समेत दिएको छ ।

पछिल्लो समयमा लकडाउन खुकुल्लो भए संगै ब्यापार व्याबसायहरु खुल्न थालेको र बजार क्षेत्रमा भिडभाड संगै कोरोनाको संक्रमण पनि समुदाय स्तरमा देखिएपछि रोकथाम तथा नियन्त्रणका लागी सचेतना कार्यक्रम आयोजना गरेको उपकार समाज संस्थाले जनाएको छ । संस्थाको टोलिले महेशपुर-परासी सडकमा संचालित सवारी साधनलाई समेत मास्क र सेनेटाइजर प्रयोग गर्न आग्रह गर्दै प्रयोग नगरी सवारी साधनमा सवारहरुलाई मास्क समेत उपलब्ध गराएको थियो । उपकार समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ताको संयोजकत्वमा रहेको कार्यक्रममा भोजपुरी पत्रकार हकहित संरक्षण संस्थाका इजहार सेख , समाजिक अभियन्ता आदित्य प्रजापति , बिनय मित्र , अमर मणि गुप्ता , सम्साद अलि, शक्ति कौशल , हृदयेश तिवारी, रामफल यादव लगायत विभिन्न संघ संस्थाका विभिन्न पदाधिकारीहरु , इलाका प्रहरी कार्यलय पिपरहवाका प्रहरी र पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७७ साउन २२ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI