विश्वभर कोरोना संक्रमणबाट ८ लाख १२ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते ७:४०
विश्वभर कोरोना संक्रमणबाट ८ लाख १२ हजारको मृत्यु
corona

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ८२ हजार  पुगेको छ।

वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ३५ लाख ८२ हजार ९ सय ८५ पुगेको हो। हालसम्म ८ लाख १२ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ भने १ करोड ६० लाख ८० हजार ४ सय ८५ जना निको भएका छन्।

अमेरिकामा ५८ लाख ७४ हजार १ सय ४६ जना संक्रमित भएका छन् भने १ लाख ८० हजार ६ सय ४ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ३६ लाख ०५ हजार ७ सय ८३ संक्रमित र १ लाख १४ हजार ७ सय ७२ को मृत्यु भएको छ।

भारतमा ३१ लाख ०५ हजार १ सय ८५ संक्रमित र ५७ हजार ६ सय ९२ को मृत्यु भएको छ।

रुसमा ९ लाख ५६ हजार ७ सय ४९ संक्रमित रहेका छन भने १६ हजार ३ सय ८३ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको  छ।

प्रकाशित : २०७७ भदौ ८ गते ७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI