उपयुक्त समयमा मेरा एजेण्डासहित महामन्त्रीमा उम्मेद्बारी प्रस्तुत गर्नेछु:प्रदीप पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते १८:३८
उपयुक्त समयमा मेरा एजेण्डासहित महामन्त्रीमा उम्मेद्बारी प्रस्तुत गर्नेछु:प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको प्राथमिकता अनुसारको कांग्रेस बनाउन महाधिवेशन निर्णायक हुने बताए । ‘हिजोजस्तो लोकतन्त्रमात्रै कांग्रेसको प्राथमिकता रहेन । लोकतन्त्रसंगै राष्ट्रियता र समाजवादको बारेमा समेत कांग्रेसको नीति महाधिवेशनले दिनसक्नुपर्छ । त्यसका लागि यी विषय बुझेको नेतृत्व चाहिन्छ’, पौडेलले बताए ।

पार्टीभित्र नेतृत्वमा दावी गर्ने तर पार्टी चलाउने कार्ययोजना दिन नसक्ने नेताहरु धेरै भएको भन्दै अबको महाधिवेशनमा नेतृत्व दावी गर्नेले ‘कन्टेन्ट’ दिनुपर्ने बताए । ‘विचार बिनाको व्यक्तिलाई नेता बनाउन सकिदैन । अब विगतमा परीक्षण नभएको, कांग्रेस हाँक्ने कार्ययोजना बोकेको नेतालाई कांग्रेसको नेतृत्वमा उभ्याउनुपर्छ ‘ ,पौडेल बताउछ्न

आसन्न महाधिवेशनमा आफू महामन्त्री पदको आकांक्षी रहेको भन्दै नेता पौडेलले केही समयमै आफ्नो विचार र एजेण्डासहितको दस्तावेज सार्वजनिक गर्ने बताए । ‘म मात्रै होइन हाम्रो पुस्ताका साथीहरु सबै निरन्तरताका दृष्टिले पनि पार्टीको पदाधिकारी बन्न योग्य हुनुहुन्छ । मेरो पनि पदाधिकारीमा दावी छ र उपयुक्त समयमा मेरा एजेण्डासहित प्रस्तुत हुनेछु,’ पौडेलले बताए ।

प्रकाशित : २०७७ भदौ १० गते १८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI