नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते १६:४०
नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

बिहीबार काठमाडौंमा  २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१  संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित : २०७७ भदौ ११ गते १६:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI