पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु:मृतकको संख्या २ सय ५१ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते १६:५२

काठमाडौं- नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको छ।

पछिल्लो २४ घन्टामा आठ वटा जिल्लाका ६ महिला र ६ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं र चितवनमा मात्र ३/३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।

ललितपुरमा ७०, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बारामा ९७, भक्तपुरमा ४० र धादिङमा ४७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित : २०७७ भदौ १७ गते १६:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI