अब फागुनमा कांग्रेसको महाधिवेशन हुने संभावना छैन् : प्रदीप पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते १८:३०
अब फागुनमा कांग्रेसको महाधिवेशन हुने संभावना छैन् : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय अधिवेशनका दुईवटा कार्यतालिका प्रभावित भइसकेको अवस्थामा कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ गते हुन नसक्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र गण्डकी प्रदेशले आयोजना गरेको अर्चुअल कार्यक्रममा नेता पौडेलले संगठन समायोजन र क्रियाशील सदस्य वितरणको कार्यतालिका पटक पटक प्रभावित भएकाले फागुन ७ गते महाधिवेशन हुन नसक्ने ठोकुवा गरे ।

उनले कांग्रेसको नेतृत्वले विधी विधान मिच्दै गएर नेपालको संविधानले गरेको व्यवस्था अनुसार पनि महाधिवेशन गर्न नसकेर कम्युनिष्ट प्रधानमन्त्रीसंग गुहार माग्न जाने अवस्था आउन संभावना बढेको बताए । संविधानको व्यवस्था अनुसार आउदो भदौसम्म पनि महाधिवेशन गर्न नसक्दा पार्टीको बैधानिकता जोगाउन संवैधानिक व्यवस्था मिलाइदिनु पर्यो भनेर सत्तासंग गुहार गर्नुको विकप नभएको बताए ।

नेता पौडेलले नेपाली कांग्रेस वीपीका पालामा कांग्रेस समाजमुखी भएको तर अहिले कांग्रेस एकातिर समाज अर्को तिर भएको बताए ।  उनले १४ औं महाधिवेशनले व्यक्ती विस्थापन गर्ने भन्दा प्रवृतिलाई विस्थपना गर्नुपर्ने बताए । प्रवृति विस्थापनका लागि पार्टीको तल्लो तहबाट बहस थाल्नुपर्ने बताए ।

प्रकाशित : २०७७ भदौ १७ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI