सभापतिजिको महाधिवेशन गराउने मनसाय छ कि छैन ? महामन्त्री कोईराला ।

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते २०:३०
सभापतिजिको महाधिवेशन गराउने मनसाय छ कि छैन ? महामन्त्री कोईराला ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको पार्टीको १४ औं महाधिवेशन गराउने मनसाय भए नभएको भनि प्रश्न उठाएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र गण्डकी प्रदेशले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले महाधिवेशन गराउने सभापति शेरबहादुर देउवाको मनसाय छ कि छैन भन्ने प्रश्न गरे ।

कोइरालाले अहिले अप्ठेरो स्थिति भएको, कोरोनाको महामारी भएको बताउदै यी सवैका बीच पनि सभापतिजीको महाधिवेशन गराउने मनसाय नै छ कि छैन भनि प्रश्न उठाएका हुन् । महामन्त्री कोइरालाले अहिलेको ग्लोबलाइजेसनको युगमा पनि नेपालमा कम्युनिष्टको झन्डै दुई तिहाइको सरकार देख्दा आफूलाई छक्क लाग्ने बताए ।

उनले विश्वमा कम्युनिष्टहरु धरासायी भइरहेका बेलामा नेपालमा झण्डै दुईतिहाईको बहुमत संसदमा हुन अचम्मको विषय भएको बताए । उनले नेपाली कांग्रेसको विचार राम्रो भएपनि संगठनमा पकड जमाउन नसक्दा कमजोर भएको निष्कर्ष सुनाए । उनले क्रियाशील सदस्यता थपेर मात्र पार्टी ठुलो नहुने भन्दै संगठन ठुलो बनाउन कांग्रेस जनतामा जानुपर्ने बताए ।

प्रकाशित : २०७७ भदौ १७ गते २०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI