कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ५९ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते १०:१४

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ५९ लाख नाघेको छ। बिहिबार  बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ५९ लाख ३४ हजार ४ सय ६६ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६१ लाख १३ हजार १ सय ६० पुगेको छ। त्यस्तै  ब्राजिलमा ३९ लाख ९७ हजार ८ सय ६५, भारतमा ३७ लाख ६९ हजार ५ सय २३ र रुसमा १० लाख १ हजार ९ सय ६५जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ६१ हजार  नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ८ लाख ६१ हजार ५ सय १२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ८५ हजार ७ सय ४,  ब्राजिलमा १ लाख २३ हजार ७ सय ८०,  मेक्सीकोमा  ६५ हजार ८ सय १६, बेलायतमा ४१ हजार ६ सय २, इटालीमा ३५ हजार ४ सय ९७ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ७२ लाख ९ हजार ५ सय  ३४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बिहिबार  बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३३ लाख ८७ हजार ३ सय ९, अमेरिकामा २२ लाख ३१ हजार ७ सय ५७, रुसमा ८ लाख १९ हजार ४३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ४१ हजार ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएका छन् भने २ सय  ५१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३७ लाख ६९ हजार ५ सय २३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६६ हजार ३ सय ३३ पुगेको छ। भारतमा हालसम्म २९ लाख १ हजार  ९ सय ८  जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९६ हजार ५ सय ९० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय १८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८१ हजार ४ सय ५९  जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय २८ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ११ हजार १६ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार २ सय ४३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ३ सय १५ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार १ सय ४० जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ३ सय ३८ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय १ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय ८३ रहेको छ।

भुटानमा संक्रमितको संख्या २२७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १४२ छ।

प्रकाशित : २०७७ भदौ १८ गते १०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI