पुर्बी नवलपरासीमा ट्राफिक प्रहरीकाे नमस्कार अभियान शुरू

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते १७:५५
पुर्बी नवलपरासीमा ट्राफिक प्रहरीकाे नमस्कार अभियान शुरू

दीपक भट्टराई/कावासाेती, २० भदाै
जिल्ला ट्राफिक कार्यलयले पुर्बी नवलपरासीले नमस्कार अभियान शुरू गरेकाे छ

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारीचालक तथा आम नागरिकहरुलाई नमस्कार सहित सोधपुछ गर्दै अभियान शुरू गरेकाे हाे ।

ट्राफिक प्रहरी र आम नागरीक को सम्बन्ध थप प्रगाढ बनाउन,प्रहरीलाई शिस्ट र सभ्य बनाउन यो अभियान सुरु गरिएको काे जिल्ला ट्राफिक कार्यलय पुर्बी नवलपरसीका प्रमुख मुनेन्द्र थापाले बताए

ट्राफिक प्रहरीले सवारी चालकलाइ नमस्कार सङ्गै शिष्ट भएर प्रश्न गर्नेछन र आवाश्यक कानुनी कारबाही पछि नमस्कार सहित नै बिदा गरिने उनले बताए । प्रदेश ट्राफिक कार्यलयकाे निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यालयको परिपत्र अनरुप नवलपुर जिल्लामा पनि उक्त अभियान सुरु गरेकाे उनकाे भनाई छ ।

प्रकाशित : २०७७ भदौ २० गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI